काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी बिहान शीतल निवास पुग्नु भएको थियो । उहाँहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ ।
विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको ...