कालीकोट, असोज ७ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो। रारातालको नयाँ तथ्यांक बाहिर ल्याउन र क्षेत्रफलसँगै तालको पानीको शुद्धताको परीक्षण गर्न लागिएको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। […]