काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आएका छन्।हितराज पाण्डे संसदीय दलको प्रमुख सचेतक चयन भएका छन्। यस्तै राष्ट्रियसभा संसदीय दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ