वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना […] The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने विषयको पुनर्विचार गर्नुपर्छः व्यवसायी

काठमाडौं । मेनपावर व्यवसायीले फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने विषयमा अब सरकारले पुनर्विचार गर्नु पर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं वार्षिक साधारणसभा तथा ३२औं स्थापना दिवसको कार्याक्रममा व्यवसायीले फ्रि भिसा फ्रि टिकटको विषयमा सरकारले पुनरविचार गर्नुे पर्ने बताएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष राजेन्द्र भण्डारीले ५८ लाख […]

म्यानपावर वर्गीकरणमा ११० अर्बको चलखेल, सफल होला त श्रममन्त्री श्रेष्ठको योजना ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अहिले म्यानपावर कम्पनीको वर्गीकरण गर्न तम्सिएको छ । ऐन, नियममा कतै व्यवस्था नभएको वर्गीकरण किन गरिदैछ भन्ने कुरा अहिले सरोकारवालाहरु माझ चर्चाको बिषय बनेको छ। म्यानपावरको वर्गीकरण गर्ने निर्णयको असन्तुष्टहरुबाट विरोध भएपछि नियमावलीनै संशोधन गरि कार्यविधि मार्फत यो व्यवस्था लागू गर्ने योजनामा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) लागिपरेका छन्। ऐन नियममा नै नभएको म्यानपावरको वर्गीकरण गर्नलाई मन्त्री श्रेष्ठ किन लागिपरेका छन् भन्ने कुराले ठुलो आशंका उब्जिएको छ। मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ को दफा ५ अनुसार वर्गीकरण गर्न लागिएको भनेपनि यो दफाका कुनैपनि उपदफामा वर्गीकरणको व्यवस्था छैन । यदि रोजगारदाता मुलुकले ‘डिमाण्ड’ पठाईसकेको अवस्थामा उसले चाहेको खण्डमा मात्रै वर्गीकरण गर्न सकिने व्यवस्था दफाको उपदफा ३ मा उल्लेख छ । तर, अहिले कुनै देशले कामदार चाहियो भनेर डिमाण्ड नपठाएकै अवस्थामा वर्गीकरण गर्न लागिएपछि वैदेशिक रोजगार व्यवसायी संघ (हाल विघटनमा परेको)ले आपत्ति जनायो। त्यसपछि ऐनको दफा नै संशोधन गर्ने भनेर अर्को सूचना निकालियो । ऐन संशोधन गरेरै भएपनि म्यानपावरको वर्गीकरण गरेर सिमित ठूला व्यापारीलाई पोस्ने दाउमा श्रम मन्त्री लागेको आरोप छ।स्रोतकाअनुसार यसरी ऐन नियममा नै नभएको म्यानपावर वर्गीकरणको योजना पछाडी झन्डै १ खर्ब १० अर्बको 'खेलो' रहेको छ। मलेसियामा करिब दुई लाख जनाको डिमाण्ड र जापानमा १५ हजारको डिमाण्ड केहि ठुला म्यानपावरलाई सुम्पिने र त्यसबाट ठुलो लाभ लिने उदेश्यले वर्गीकरण गर्न खोजिएको स्रोतको भनाई छ।केहि मापदण्ड तोकेर क, ख र ग समूहमा वर्गीकरण गर्ने र वर्गीकरणको नाममा केहि ठुला म्यानपावरलाई क मा राख्ने तथा क वर्गमा पर्ने म्यानपावरलाई मात्रै मलेसिया र जापानको डिमाण्ड दिने गरि यो 'वर्गीकरणको' खेलो गरिएको स्रोतको दाबी छ। टार्गेटमा ‘मलेसिया’ र ‘जापान’करिब ३ वर्ष बन्द भएको मलेसियाको रोजगारी खुल्ने अवस्थामा छ । मलेसिया रोजगारी खुल्ने भएपछि केही ठूला म्यानपावर व्यवसायीले त्यहाँ मान्छे पठाउँदा आफ्नो म्यानपावरबाट मात्रै पठाउन मिल्ने गरी वर्गीकरण गर्न मन्त्री श्रेष्ठलाई ‘कन्भिन्स’ गराएको स्रोत बताउँछ ।‘वर्गीकरणको विषय एनजीओ, आईएनजीओले धेरै पहिलेदेखि उठाउँदै आएका थिए, अहिले ठ्याक्क मलेसिया खुल्ने बेलामा त्यहाँ नेपालीलाई पठाउँदा आफ्नो म्यानपावरबाट मात्रै पठाउन मिल्ने गरी आफ्नो कम्पनीलाई ‘ए’ ग्रेडमा पार्न अहिले ठूला म्यानपावर कम्पनी लागेका छन्’ स्रोत भन्छ, ‘मलेसियाबाट त्यहाँको पार्टीलाई हामी ए ग्रेडको म्यानपावरबाट मात्रै मान्छे लिन्छौँ भन्न लगाएर त्यही निर्णय लिएर आउने र यहाँ मन्त्रीलाई प्रभावमा पारेर आफू ए ग्रेडमा पर्ने दाउमा ठूला म्यानपावर लागेका छन् ।’अहिले अरु देश जान ‘ट्राई’ गरिरहेकाहरु पनि मलेसिया खुल्नासाथ मलेसिया नै जान आउने भएकाले खुलेको पहिलो वर्षमै कम्तिमा २ लाख नेपालीहरु मलेसिया जाने अनुमान गरिएको छ। यदि २ लाख मात्रै मलेसिया गएभने पनि आफू ‘क’ वर्गको म्यानपावर हुँ भनेर त्यस्ता म्यानपावरले एक व्यक्ति बराबर कम्तीमा १ लाख अशुल्ने स्रोत जिकिर गर्छ। यसरी २ लाख जनाबाट १ लाखका दरले रकम उठाउँदा २० अर्ब रुपैयाँ हुने देखेर अहिले त्यस्ता म्यानपावरहरु मन्त्री श्रेष्ठलाई जसरी पनि वर्गीकरण गर्न प्रेरित गरिरहेको उनीहरुको दाबी छ।त्यस्तै, जापानमा पनि श्रममा नेपाली कामदार जान पाउने विषय अन्तिम अन्तिम चरणमा रहेकाले त्यहाँको रोजगारी पनि आफूले नै हत्याउने दाउमा केही व्यवसायीहरुले दिनहु मन्त्री श्रेष्ठलाई भेटेर प्रभावमा पारिरहेको बताइन्छ ।जापानमा नेपाली कामदार पठाउने विषयमा चैत २०७५ मा समझदारी पत्रमा हस्ताक्षर नै भएको थियो । जी टु जी (सरकार–सरकार) मार्फत कामदार लैजाने विषयमा जापान सरकार इच्छुक नभएपछि म्यानपावर मार्फत नै लैजाने कुरा अघि बढ्यो । एकैपटक १५ हजार नेपाली लैजाने गरी अहिले पनि तयारी भईरहेको छ।एक जना नेपाली बराबर उसले ३ महिनामा कमाउने बराबरको पैसा लिन पाउने गरी कार्यविधि बन्ने चरणमा रहेको स्रोत बताउँछ । यसरी एक जनाले ३ महिनामा कमाउने बराबरको ‘सर्भिस चार्ज’ लिँदा एक जनाको नाममा दुवैतर्फ (जापानको संस्था सहित) ६ लाख रुपैयाँ सेवा शुल्कवापत बुझाउनुपर्छ। १५ हजार व्यक्तिले प्रतिव्यक्ति ३ लाखका दरले सर्भिस चार्ज बुझाउँदा र जापानको संस्थाबाट पनि प्रति व्यक्ति ३ लाख प्राप्त हुँदा झन्डै ९० अर्ब ६० करोड हुन आउँछ। जापान पठाउँदा झन्डै ९१ अर्ब आउने र मलेसिया पठाउँदा झन्डै २० अर्ब आउने भएपछि यो व्यवसाय केहि ठुला म्यानपावरलाई दिने र त्यसबाट मोटो रकम पाइने आशमा वर्गीकरणको खेलो सुरु भएको स्रोतको दाबी छ।

परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? काम गर्ने कम्पनीले कामबाट निकालेको छ अथवा यस्तै अरु समस्या छन् ? यदि छन् भने तपाईं आफ्नो समस्या वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सक्नुहुन्छ । कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने ...

श्रम मन्त्रालयका कारण युरोप कामदार पठाउन सकेनाैं-वैदेशिक रोजगार व्यवसायी संघ

खाडी मुलुकको साथसाथै नेपालमा युरोपियन मुलुकहरुबाट पनि कामदारको माग आउन थालेको छ। तर युरोपियन मुलुकहरुबाट आएको माग अनुसार म्यानपावर व्यवसायीहरुले कामदार पठाउन सकेका छैनन् । श्रम मन्त्रालयले सेवा शुल्क तोक्न ढिलाइ गर्दा स्वीडेनबाट आएको २५० जना नेपाली कामदारको माग गुमेको थियो। फलफुल टिप्नका लागि स्वीडेनबाट आएको मागका विषयमा श्रम मन्त्रालयले माग आएको ६ महिनापछि १०…

यसकारण असुरक्षित छन् विदेशमा नेपाली कामदार ? - Naya Patrika

तिलकबहादुर रानाभाट पूर्वअध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अहिले हरेक दिन करिब १५ सय हाराहारी नेपाली कामको खोजीमा बिदेसिन्छन् । त्यसको बदला मुलुकले रेमिट्यान्सबापत ठूलो आम्दानी प्राप्त गरिरहेको छ, स“गै...पूरा पढ्नुहोस् »