छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को २ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा ४ प ९१७१ नम्बरक