सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालीकोटमा कालो झण्डा देखाइको छ।
बिहीबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालो झण्डा देखाएर विरोध गरेका हुन्।
कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदै गर्दा कालो झण्डा देखाइएको हो। मुख्यमन्त्री शाही र कृषिमन्त्री कुर्मराज शाही स्थानीय तहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि काली...