काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।
सिंहदरबारमा संसदीय दलको कार्यालयमा आज साेमवार बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले भाेलि मङ्गलवार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा एक सय ६९ ...