आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण रहेको चेम्बरको ठहर

काठमाडौं (अस) । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य प्राप्ति कठिन रहेको चेम्बरले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विश्व अर्थतन्त्रका विद्यमान समस्या, देशमा ह्रास हुँदै गएको विदेशी मुद्राको सञ्चिति र तरलता समस्याका कारण बजेटको कार्यान्वयन पक्ष अत्यन्त चुनौतीपूर्ण देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यान्वयन चुनौतीपूर्ण हुनाले बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति दर ७ प्रतिशतमा सीमित गर्न कठिन देखिएको छ ।’ कृषिको रूपान्तरण अभियान, उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यावसायिकीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्न आवश्यक पूर्वाधार तथा खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन ५५ अर्ब ९७ करोड विनियोजन गरिनु सराहनीय भएको चेम्बरले बताएको छ । यस्तै कृषि प्रवद्र्धनका लागि ५ खर्बको कृषि लघुवित्त कोषको स्थापना गर्ने घोषणा स्वागतयोग्य रहेको चेम्बरको भनाय छ । ऊर्जातर्फ विद्युतीय चुल्हो वितरण गर्नेदेखि गार्हस्थ्य र औद्योगिक ग्राहकलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने, प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ४०० किलोवाट घण्टा पुर्‍याउने, प्रसारण लाइन दु्रतगतिले निर्माण गर्ने लगायत योजना समावेश गरिनु सकारात्मक भएको चेम्बरले बताएको छ । यसैगरी स्वदेशमा औद्योगिक वातावरण बनाई रोजगारी सृजना गर्न विदेशी लगानीको सीमा घटाउनेदेखि उद्योगलाई छूट दिनेसम्मको घोषणाले उत्साहित बनाएको विज्ञप्तिमा उल्लेख छ । बजेटले उद्योग लगायत विभिन्न क्षेत्रमा प्रदान गरेका सुविधा प्रभावकारी ढंगले प्रवाह गर्न प्रक्रिया तथा नीतिनियम तर्जुमा गर्दा सरोकारवाला निकायसँग छलफल गरिनुपर्नेमा समेत चेम्बरले जोड दिएको छ ।

सम्बन्धित सामग्री

बजेट यथार्थपरक र संयमित, कार्यान्वयन भने चुनौतीपूर्ण : चेम्बर

१६ जेठ, काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ । बजेटको कार्यान्वयन भने चुनौतीपूर्र्ण रहेको चेम्बरको भनाइ छ । आर्थिक …

बजेट यथार्थपरक आए पनि कार्यान्वयन चुनौतीपूर्ण: नेपाल चेम्बर

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आए पनि कार्यान्वयन चुनौतीपुर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्व ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरको […]

आर्थिक वृद्धि चुनौतीपूर्णः चेम्बर

आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको बताएको हो । वर्तमान राजस्व संकलनको लक्ष्य हेर्दा आगामी वर्षका लागि १२ खर्ब ४८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य […]

अन्तरराष्ट्रिय श्रमिक महिला दिवसमा महिला चेम्बरको सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले ११३औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा चेम्बरले उद्यमी महिलाहरूलाई सम्मानसहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आईटीतर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरूपा श्रेष्ठलाई सम्मान गरेको महिला चेम्बरले जानकारी दिएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेकजसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिला पछाडि पारिएको जिकीर गर्दै उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रूपमा अघि ल्याउनुपर्नेमा जोड दिए । सो अवसरमा  महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले  महिलालाई अघि बढ्न हौसला मिल्ने बताइन् । महिला सशक्तीकरणका लागि आर्थिक रूपमा स्वावलम्बी बन्नुपर्नेमा उनको जोड थियो । महिला  चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेर महिला उद्यमशीलताको विकास गर्नुपर्ने बताइन् ।

मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग : प्रधानमन्त्री देउवा

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड– १९ विरुद्धको निःशुल्क खोप पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धि सरकारको प्राथमिकतमा रहेको जानकारी दिनुभयो । ‘हामीले विकासलाई प्राथमिकता दिए पनि त्योभन्दा पहिले नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’ प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । महामारीका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । यसैगरी परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले संस्थाले महत्वपूर्ण थिंक ट्यांकको रूपमा काम गरिरहेको जानकारी दिए । साधारणसभामा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक हुने धारणा व्यक्त गरे । उनले भारत सरकारले  लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे । साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसंघलाई अघि बढाएको जानकारी दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए । युनियन अफ एसियन चेम्बर्स गठन परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको घोषणा गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्स गठनको घोषणा गरिएको हो । युनियन अफ एसियन चेम्बर्सको नेतृत्व हाल परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी दिए । परिसंघ अध्यक्षमा अग्रवाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघ अध्यक्ष चुनिएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।