लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु

नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।...

सम्बन्धित सामग्री

अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु

नेपालगन्जमा दुई दिने विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा बिहीबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

साहित्यकार सम्मानित

अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–

लैङ्गिक संवेदनशीलता र भाषासम्बन्धी गोष्ठी

लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।