फास्ट ट्र्याकबाट २५ हजार टन मल ल्याइँदै

हिउँदे खेती लगाउने बेला मल अभाव हुन नदिन सरकारले थप २५ हजार टन रासायनिक मल ल्याउने निर्णय गरेको छ । टेन्डर प्रक्रियाबाट ल्याउँदा ढिला हुन सक्ने भएपछि ‘फास्ट ट्र्याक’बाट मल ल्याउने निर्णय गरेको छ ।