गगन थापाले शेखर गुट छाडे

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् । थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् […]

सम्बन्धित सामग्री

संवादहीनतामा शेखर–गगन

शेखर कोइराला र गगन थापा कांग्रेसको इतर समूहका नेता मानिन्छन् । तर, पछिल्ला केही राजनीतिक घटनाक्रमले कोइराला र थापाबीच संवादहीनताको अवस्था सिर्जना भएको छ । कोशीमा कोइराला समूहको विद्रोह अनुमोदन भएपछि दुई...

कांग्रेस संसदीय दलको चुनावले शेखर-गगन समूह विभाजनको संघारमा

एउटै समूहमा रहेर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताकाे उम्मेदवार बन्ने बताउँदा शेखर–गगन समूह भत्किने अवस्थामा पुगेको हो ।

शेखर गुटको बैठकमा ढिलो पुगे गगन थापा, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक

गगन थापा ढिलोगरि पुगे शेखर गुटको भेलामा

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापा शेखर कोइराला समूहको भेलामा ढिलोगरि सहभागी भएका छन् । आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा नदेखिएपछि गगनबारे चर्चा चलेको थियो । कतिपयले गगनले शेखर गुट छाडेकोसम्म भन्न भ्याए । तर, उनी अवेर गरी उक्त भेलामा सहभागी भएका छन् । थापा शेखर कोइरालाको समूहबाट […]

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

सभापतिमा शेखर कोइरालालाई मत माग्दै गगन थापा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले पार्टीको सभापतिको लागि अहिले जारी दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई मत मागिरहेका छन् । थापा आँफले सामाजिक सञ्जालमार्फत ‘पार्टी रुपान्तरणको लागि सभापतिमा डा. शेखर कोइरालालाई मत माग्दै राष्ट्रियसभा गृहमा हामी’ भनेर लेखेका छन् ।

चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत

काठमाडौं : चुनाव हुँदाका कतिपय दृश्यहरु आफैँमा रोचक हुन्छन् जतिखेर फरक गुटका नेताका लागि समान रुपमा मत मागिन्छ।  नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवारहरु गगन थापा र विश्वप्रकाश शर्मा दुई फरक गुटको प्रतिनिधित्व गर्छन्। तर, बाल्मिकी क्याम्पसमा यी दुवै नेतालाई जिताउनका लागि मत माग्नेहरु भिडिरहेका छन्।  गगन थापा शेखर कोइरालाको…

शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई उमेदवार बनाउन लाग्नुभएको हो । नेता शेखर कोइरालाको समूहबाट उपसभापतिमा चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने तयारी रहेको छ । यस्तै अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यबारे छलफल भैरहेको नेताहरुले बताएका छन् ।

गगन थापा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दै

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । उनी केन्द्रीय सदस्य शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न लागेका हुन् । शेखरको प्यानलमा महामन्त्री बन्ने भएपछि गगन थापाले पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ छाडेका छन् । उनी कोइरालाको प्यानलमा रहनुलाई अर्थपूर्ण मानिएको छ । यसैगरी, शेखर कोइरालाको नजिक […]