मधेसमा माओवादीभित्र गुटबन्दी, उपकेन्द्र बनाउने तयारी

मधेस प्रदेशमा गुटबन्दीले गुजुल्टिएपछि नेकपा माओवादी केन्द्रले कमिटी नै बनाउन सकेको छैन । माओवादीका सबै प्रदेश कमिटीले पूर्णता पाए पनि मधेस प्रदेशमा एक गुटले अर्को गुटलाई स्वीकार गर्ने स्थिति नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रबाटै हेर्दै आएका छन् । गणेश शाहलाई इन्चार्ज बनाए पनि उनले गुट व्यवस्थापन गर्न सकेका छैनन् । गत वैशाख ३० गतेको स्थानीय चुनावमा प्रह्लाद बुढाथोकीलाई अध्यक्ष र शाहलाई इन्चार्ज बनाइएको थियो । बुढाथोकी अध्यक्ष पदबाट राजीनामा दिएर सर्लाही