काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९ औं काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए […]