पर्सा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन्।समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन।’ उनले आफ्नो पार्टी अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी