काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै केही विद्यार्थी संगठनले विश्वविद्यालय सडक बहस सुरू गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्नेलगायतका माग राखेका छन् । नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश […]