आर्थिक अवस्था सुधारका लागि सरकार गम्भीर बन्नुपर्छः चन्द्रप्रसाद ढकाल

नेपालगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सोमा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिबार नेपालगञ्जमा उद्घघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजी क्षेत्र धराशायी बनेको […]

सम्बन्धित सामग्री

निर्यात व्यवसायी महासंघको वार्षिकोत्सव सम्पन्न

काठमाडौं। निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव बुधवार काठमाडौंमा सम्पन्न भएको छ । फिनका अध्यक्ष शंकरप्रसाद पाण्डेयको अध्यक्षता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, सांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लगायत उपस्थित थिए । कार्यक्रममा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष पाण्डेयले निर्यात वृद्धिका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउन माग राख्दै यस प्रकारको सुविधाले निर्यातमा उल्लेख्य वृद्धि हुने दाबी गरे । उनले निर्यातसम्बन्धी विभिन्न नीतिगत सुधार गर्नुपर्ने औंल्याएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनशील क्षेत्रमा आयात प्रतिस्थापन गर्ने गरी बजेट आउने हो भने विदेशी मुद्रा बढ्ने र आयात निर्यातबीचको असन्तुलनमा कमी आउने विचार राखे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र शक्ति भएकाले यस क्षेत्रका समस्या हल गर्न सरकार गम्भीर बन्न जरुरी रहेको बताए । वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको थियो ।