थप १२ संक्रमितको मृत्यु, आज थपिए ३६ सय ३७

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ। त्यस्तै, देशभर ११ हजार पाँच सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समय अवधिमा ७ हजार पाँच सय ४४ जना कोरोनामुक्त भएका छन्। आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या तीन हजार ९०७  ले बढी छ। त्यस्तै, उपत्यकामध्ये काठमाडौंमा ८६८, भक्तपुरमा १७० र ललितपुरमा ८५ जना गरी कुल ११ सय २३ जनामा संक्रमण पुष्

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।