पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा हुँदै छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ ।