मताधिकारबाट वञ्चित गराउने भ्रामक अफवाह नफैलाउन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले मतदानको दिन मतदातालाई मतदान गर्न वञ्चित गराउने झूटा अफवाह नफैलाउन आग्रह गरेको छ।  आयोगले मतदानका दिन पालना गर्नुपर्ने आचरणका सम्बन्धमा पुनः स्मरण गराएको हो।आयोगले बिहीबार एक विज्ञप्ती निकालेर शुक्रबार मतदानका दिन कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक लगाउन नहुने स्मरण गराएको छ।यस्तै, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याज लगाउन, बस्तु बोक्न वा देखाउन नहुने र कुनै किसिमका सवारी सा