विपन्न वर्गलाई दिएको २ खर्ब कर्जा सुरक्षणमा

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले गरीब तथा विपन्न वर्गलाई दिएको करीब २ खर्ब रुपैयाँ कर्जा सुरक्षणमा रहेको पाइएको छ । विपन्न वर्गमा गरेको लगानीमा जोखिम कम गर्ने उद्देश्यले लघुवित्त वित्तीय संस्थाका साथै बैंक, वित्तीय संस्थाले त्यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमा सुरक्षण गराएका हुन् । कोषका अनुसार २०७९ फागुनसम्म विपन्न वर्गमा प्रवाह भएको कर्जामध्ये १ खर्ब ९० अर्ब ७ करोड ३२ लाख रुपैयाँ सुरक्षणमा छ । यसको अधिकांश अंश लघुवित्तले प्रवाह गरेको कर्जा हो । फागुनसम्म लघुवित्तले १५ लाख ४१ हजार जनालाई कर्जा प्रवाह गरेको १ खर्ब ८१ अर्ब १२ करोड रुपैयाँ सुरक्षण गरेका छन् । यसैगरी वाणिज्य बैंकहरूले ६ अर्ब ८७ करोड ७८ लाख, विकास बैंकहरूले २ अर्ब ७ करोड ११ लाख र फाइनान्स कम्पनीहरूले १८ लाख रुपैयाँ विपन्न वर्ग कर्जा सुरक्षण गराएका छन् । सुरक्षण गरेको कर्जा असुल नभई भाखा नाघेमा बैंकहरूलाई कोषले भुक्तानी दिन्छ । सुरक्षण गरेको कर्जा उठ्न नसकेमा कोषले भुक्तानी दिने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए । ‘जुन कर्जा कोषमा सुरक्षण भएको छ त्यो असुली हुन सकेन भने बैंकहरूलाई तनाव हुँदैन,’ उनले भने, ‘त्यस्तो कर्जाको हकमा कोषले ७५ प्रतिशतसम्म भुक्तानी दिन्छ ।’ कोषले २०६४ सालदेखि लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । यो प्रावधान ऐच्छिक भएकाले सबै संस्थाले सुरक्षण नगराएको कोषको भनाइ छ । हाल ६४ ओटा लघुवित्त वित्तीय संस्थाले १ हजार ३ सय ८१ ओटा समूह बनाएर ५९ लाख ८८ हजार जनालाई वित्तीय सेवा दिइरहेका छन् । यसमध्ये ३२ लाख ६० हजार सदस्यले ऋण लिएका छन् । यसबाहेक बैंक, वित्तीय संस्थाले पनि सीधै विपन्न वर्गमा कर्जा लगानी गर्दै आएका छन् । उनीहरूले लघुवित्तमार्फत नै लगानी गर्ने भएकाले आफैले गरेको लगानीको अंश भने नगन्य छ । २०७९ पुससम्ममा लघुवित्तले कुल ३ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन् बैंक, वित्तीय संस्थासम्म पुग्न नसक्ने गरीब, विपन्नको समूह निर्माण गरी लघुवित्तले सामूहिक जमानीमा विनाधितो पनि ऋण दिँदै आएका छन् । लघुवित्तहरूले प्रतिसदस्य सामूहिक जमानीमा अधिकतम ७ लाख रुपैयाँसम्म र सम्पत्ति धितोमा १५ लाख रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था छ । डेढ खर्ब निक्षेप सुरक्षणबाहिर सरकारले सर्वसाधारणको बचत सुरक्षित गर्न निक्षेप सुरक्षण गर्ने कानून ल्याए पनि लघुवित्त वित्तीय संस्थामा रहेको डेढ खर्ब रुपैयाँभन्दा बढी रकम अझै सुरक्षणको दायराबाहिर छ । कर्जा तथा निक्षेप सुरक्षण ऐनले सर्वसाधारणको निक्षेप मात्र सुरक्षण गर्ने व्यवस्था गरेकाले लघुवित्तले ग्राहकबाट अनिवार्य, ऐच्छिक र क्रमिक बचतका नाममा उठाउने निक्षेप सुरक्षण नभएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ पुससम्ममा ६४ ओटा लघुवित्तमा १ खर्ब ६६ अर्ब १६ करोड रुपैयाँ बचत छ । त्यसमध्ये सर्वसाधारणबाट निक्षेप संकलन गर्ने अधिकार पाएको निर्धन उत्थान र छिमेक लघुवित्तमा रहेको व्यक्तिगत बचत मात्र सुरक्षणको दायरामा छ । दुईओटा संस्थामा गरी २ अर्ब २० करोड रुपैयाँ निक्षेप छ । कोषका प्रवक्ता विनोद पन्त ऐनमा बैंक, वित्तीय संस्थाहरूले प्राकृतिक व्यक्तिबाट संकलन गर्ने निक्षेप मात्र सुरक्षण गर्नुपर्ने व्यवस्था भएकाले लघुवित्तको बचत सुरक्षण नभएको बताउँछन् । कोषले हाल बैंक तथा वित्तीय संस्थामा रहेको प्राकृतिक व्यक्तिको प्रतिखाता ५ लाख रुपैयाँसम्म सुरक्षण गर्दै आएको छ । प्रतिखाता २ लाख रुपैयाँबाट सुरक्षण शुरू गरिएकोमा चालू आर्थिक वर्षदेखि त्यस्तो रकम ५ लाख पुर्‍याइएको हो । कोषको तथ्यांकअनुसार २०७९ फागुनसम्म व्यक्तिगत ४ करोड ५ लाख ८८ हजार खाताको ११ खर्ब ५९ अर्ब ५६ करोड रुपैयाँ बराबर सुरक्षण भएको छ । एक दशकअघि नेपाल विकास बैंक समस्याग्रस्त भएसँगै साना निक्षेपकर्तालाई सुरक्षित राख्न र बैंकिङ सेवाको विश्वसनीयता बढाउन सरकारले निक्षेप सुरक्षणको कार्यक्रम शुरू गरेको हो । सुरक्षण गराएपछि बैंक, वित्तीय संस्था समस्याग्रस्त भई खारेज भएर उक्त संस्थाको सम्पत्तिबाट निक्षेप फिर्ता हुने अवस्था नरहे कोषले बेहोर्छ ।

सम्बन्धित सामग्री

आवधिक कर्जा बढ्दा चालु पूँजी प्रकृतिका कर्जा घट्दै

चालु पूँजी कर्जा पनि आर्थिक वर्षको कुनै एक समयमा न्यूनतम सात दिनका लागि बक्यौता १० प्रतिशतभन्दा कम हुनुपर्ने जस्ता व्यवस्थाले गर्दा चालु पूँजी कर्जा नियन्त्रण हुँदै आवधिक कर्जा भने बढ्दै गएको छ ।

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।...

कृषि र व्यवसायमा ६४ करोड कर्जा लगानी

जुम्ला– राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले जिल्लामा हालसम्म विभिन्न प्रयोजनका लागि ६४ करोड ऋण लगानी गरेको छ । चालु आवबाट ऋण लगानी रोकेको बैंकले गत वर्षको असार मसान्तसम्म ६४ करोड कर्जा प्रवाह गरेको हो । बैंकले व्यापारी कर्जा, व्यावसायिक कृषि कर्जा, सरल पेसाकर्मी कर्जा, सुन कर्जा, गाडी कर्जा, विपन्न कर्जा, व्यक्तिगत कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक […]

एनआइसी एशिया बैंकका तीन नयाँ कर्जा योजना

एनआइसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले […]

एनआईसी एशिया बैंकद्वारा अठोट नामका तीन कर्जा योजना सार्वजनिक

एनआईसी एशिया बैंकले अठोट नामका तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त...

कर्जा प्रवाह बढाऊ

यो वर्ष सुरुका दिनमा निजी क्षेत्रले चाहेअनुसार कर्जा पाउन सकेनन् । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पर्याप्त पैसा नभएपछि सजिलै कर्जा पाउने वातावरण बन्ने विषय नहुनु स्वाभाविकै थियो । बैंकहरूले ४ सय अर्बको कर्जा माग भएको बताउँदै आएका थिए । तर, अहिले अवस्था ठीक उल्टो भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम […]

अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको

६८ प्रतिशत कर्जा घरजग्गा धितोमा, कृषि क्षेत्रको कर्जा २० प्रतिशतले बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १३ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको जेठमा कर्जा प्रवाह २४ दशमलव ९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव १ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रति...

यी व्यवसायीले पाउँछन स्टार्टअप कर्जा

काठमाडौं। अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि स्टार्टअप व्यवसायीलाई कर्जा दिनेगरी तयार गरेको कार्यविधिले १४ प्रकारका स्टार्टअप व्यवसायलाई कर्जा दिनेछ । कृषि तथा पशुपन्छी, वन, पर्यटन, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, दैनिक जीवन सहज बनाउने, फोहोर मैला व्यवस्थापन, यातायात, विपद् जोखिम न्यूनीकरण, निर्माण र अटोमोबाइल व्यवसायीले कर्जा पाउनेछन्। यसबाहेक कर्जा अनुमति दिने समितिको सिफारिसमा अन्य व्यवसायीले पनि कर्जा पाउनेछन् ।