इरानमा अफगान सरकारको प्रतिनिधि र तालिबानबीच भेटवार्ता

एजेन्सी। अफगानिस्तान सरकारको प्रतिनिधि र तालिबान लडाकूबीच इरानको तेहरानमा वार्ता भएको छ। इरानको विदेश मन्त्रालयले भेटवार्ता भएको बताएको छ। अमेरिकालगायत नेटो सेनाले अफगानिस्तान छोड्ने निर्णय गरेपछि सरकारी प्रतिनिधि र तालिबानबीच वार्ता भएको हो। पछिल्लो साता तालिबानले अफगानिस्तानका ५० भन्दा बढी जिल्लामा कब्जा जमाएको थियो। संयुक्त विज्ञप्तीमार्फत युद्ध समस्याको समाधान नभएकाले दुवै पक्ष शान्तिपूर्ण समाधानको प्रयासमा लाग्ने बताएका छन्।