राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ ।
जनमोर्चाको केन्द्रीय कार्यालय बैठकले मंसिर २६ गतेभित्र अनिवार्यरुपमा हरेक जिल्लामा एमसीसी सम्झौताको विरोधमा संघर्षका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया जे सम्भव छ त्यो गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।
‘एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउनुपर्ने समय सकिन लागेको छ । एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आई एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब द...