म्यानचेस्टर युनाइटेडको घरमा म्यानचेस्टर सिटीको सानदार जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औं चरणको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा २–० को जित निकालेको छ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा शनिबार राती भएको खेलमा ७ औँ मिनेटमै एरिक बेलीले आत्मघाती गोल गर्दा सिटीले अग्रता लिएको थियो ।पहिलो हाफको अन्तिम मिनेटमा जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई २–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट गोल हुन नसक्दा सिटी विजयी भयो । जितसँगै ११ खेलबाट २३ अंक जोड्दै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।शनिबार राति नै भएको अर्को खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै क्रिस्टल प्यालेसले घरेलु मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । अर्को खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोक्यो । 

सम्बन्धित सामग्री

फोडेन चम्किएपछि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । सिटीको जितमा फिल फोडेन नायक बने । फोडेनले टिमको लागि सानदार जित मात्र दिलाएनन्, आफ्नो ह्याट्रिक पनि पूरा गरे । गए राती ब्रेन्टफोर्डलाई उसैको घरमा ३-१ ले पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको २१औँ मिनेटमा निल मउफीले गोल […]

दीपा शाहीको चार गोलमा प्यालेस्टाइनमाथि नेपालको सानदार जित

दीपा शाहीको चार गोल मद्यतमा नेपालले एएफसी यू–२० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को छनोट प्रतियोगितामा सानदार सुरुवात गरेको छ ।  बुधबारदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले प्यालेस्टाइनविरुद्ध उसेको घरमा ६–० गोलको...