लुम्बिनी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र बहुमतको सरकार गठन गर्न आह्वान

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन्

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्दै विपक्षी गठबन्धन

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका छन् ।

२२ घन्टाको समय दिएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना  जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । यससँगै विपक्षी

वलीको दल फेरबदल सिलसिला जारी

बुटवल, साउन २१ । लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भएकी थिईन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू […]

म एमालेमै छु - विमला वली

रुपन्देही – लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएको केही समयपछि वलीले विज्ञप्ति निकालेर आफू सूर्य चिह्नबाट चुनाव लडेकाले पार्टी विभाजन भए पनि एमालेमै बस्ने निर्णय गरेको बताउनुभएको हो ।विपक्षी दलहरूले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा वलीसमेत गरी ४१ जना सांसदको समर्थन रहेको उल्लेख थियो । तर वलीले आफू एमालेमा रहेकाे बताएसँगै विपक्षी दलसँग बहुमत नपुग्ने भएक...

लुम्बिनीका विपक्षी दलहरुद्वारा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष समावेदन

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष समावेदन दिएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरुले समावेदन गरेका हुन् ।