कांग्रेस प्रदेश-२ मा आज मतदान हुँदै

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । हिजो विवादका क्रममा कुटाकुटसमेत भएको थियो । मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता ह...

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश–२ अधिवेशन : यी हुन् निर्विरोध निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि गोपाल धर्मशालाको प्रांगणमा मतदान हुन लागेको हो । यसैबीच, प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन्...

प्रदेश–२ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।  निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु […]