अन्तरिक्षको वाइन १० लाख डलरमा लिलाम हुने

लन्डन, (एजेन्सी) लिलाम गृह क्रिस्टीले एक वर्षसम्म इन्टरनेसनल स्पेस स्टेसनमा राखिएको एक बोटल फ्रेन्च वाइन करिब १० लाख अमेरिकी डलरमा लिलाम गर्न लागेको बताइएको छ । सन् २०१९ मा अन्तरिक्षयानमा राखेर पृथ्वीको कक्षमा पठाइएका एक दर्जन पेट्रस २ हजार वाइन बोटलमध्ये यो एक भएको क्रिस्टीले जनाएको छ । पुनः पृथ्वीमा फर्काइनुअघि यो बोटल झन्डै ४ […]

सम्बन्धित सामग्री

स्टार हस्पिटलको साढे १० लाख कित्ता शेयर विक्रीमा

काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता शेयर विक्री गर्ने भएको छ । हस्पिटलले विक्री हुन बाँकी रहेको हकप्रद शेयर विक्री गर्ने भएको हो । हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद शेयर विक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा विक्री खुला गरेको हो । कम्पनीले उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । शेयर खरीद गर्न इच्छुकले मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

७ जेठ, रौतहट । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ । गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख […]

सेटिङमा मल लिलाम गरेको भन्दै प्रशासनले थाल्यो छानबिन

बिचौलियाको सेटिङमा भन्सार कर्मचारीको मिलोमतोमा युरियालगायतको मलखाद लिलाम गरेको उजुरीपछि जिल्ला प्रशासनले गौर भन्सार कार्यालयबाट कागजात मगाएर छानबिन थालेको छ । भन्सारकै केही कर्मचारीहरू मिलेर २० लाख मूल्यको मल व्यापारीलाई १० लाख रुपैयाँमै जिम्मा लगाएको खुलेपछि प्रशासनले छानबिनमा चासो देखाएको हो ।

४० प्रतिशतसम्म मूल्य घटिसक्दा पनि किन किनबेच हुँदैनन् घरजग्गा ?

काठमाडौं । गत वर्ष फागुनमा प्रतिकठ्ठा २० लाख रुपैयाँ रहेको जग्गाको मूल्य अहिले १२ देखि १४ लाख रुपैयाँ मात्रै छ । यो मूल्य आफैमा महँगो मूल्य होइन । तर, यही जग्गा पनि किन्ने मान्छे नपाउँदा जग्गामा लगानी गरेका व्यवसायीहरू निकै अफ्ठेरोमा परेका छन् ।  केही समय अघिसम्म कित्ताकाट रोकिएका कारण घरजग्गा विक्री गर्न सक्ने अवस्था थिएन । तर, अहिले धेरै ठाउँमा कित्ताकाट खुलिसकेको छ । कित्ताकाट खुलेका ठाउँमा कित्ताकाटको संख्या सामान्य बढे पनि कारोबारको अवस्था भने उस्तै छ ।  फागुनमा सार्वजनिक पछिल्लो तथ्याङ्कले देशभर मासिक ६० हजार कित्ताकाट भएका छन् भने ४० हजार घरजग्गा किनबेच भएका छन् । ठिक १ वर्षअघि भने मासिक १ लाख ६० हजार बढी कित्ताकाट र ७४ हजार घरजग्गा किनबेच भएका थिए । यो वर्ष फागुनमा करीब १ अर्ब ९२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अघिल्लो वर्ष फागुनमा भने ३ अर्ब ७८ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । यो तथ्याङ्कले नै अहिले घरजग्गा कारोबार निकै खस्केको पुष्टि हुन्छ ।  साना र सस्ता जग्गाका टुक्रा छिटफुट किनबेच भए पनि प्लटिङ गरिएका प्लटहरू किनबेच हुन सकेका छैनन् । ५० लाख रुपैयाँभन्दा बढी मूल्यका जग्गा किनबेच गर्न त झनै समस्या रहेको व्यवसायीहरू बताउँछन् ।  आर्थिक मन्दीमा ठूलो रकम हातमा भएका खरीदकर्ता नभेटिएपछि व्यवसायीले अहिले ५० प्रतिशत डाउन पेमेन्ट लिएर किस्ताबन्दीमा जग्गा बेच्ने उपाय पनि निकालिरहेका छन् । यसमा पनि उनीहरू सोचेजसरी सफल हुन सकेका छैनन् ।  १० लाख रुपैयाँ मूल्य तोकिएको एउटा घडेरी जग्गा अहिले ७ लाख रुपैयाँमा  विक्रीमा राखिएको छ । त्यसमा पनि ३ लाख ५० हजार रुपैयाँ मात्रै बुझाए पुग्छ । बाँकी ३ लाख ५० हजार रुपैयाँ मासिक किस्ता बन्दीमा तिर्न पाइन्छ । तर, मात्र ३ लाख ५० हजार रुपैयाँ तिरेर पनि जग्गा किन्ने मान्छे नआउँदा भने व्यवसायीहरू अचम्ममा परेका छन् ।  मूल्य घटेको बेलामा पनि किन विक्री भइरहेका छैनन् त घरजग्गा ?  घरजग्गा व्यवसायी तथा होटल व्यावसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके पनि मूल्य घटेको बेला समेत घरजग्गामा पैसा नआउँदा अचम्मित भएको बताउँछन् । ‘घरजग्गाको मूल्य घटेर आधा भइसक्दा पनि बजारमा पैसा किन आउँदैन ? हामीलाई अचम्म लागिरहेको छ,’ उनले प्रश्न गर्दै भने ।  अहिले बजारमा कसैको हातमा पनि पैसा नभएकै कारण घरजग्गाको खरीदविक्री घटेको नेपाल रियल स्टेट अर्गनाइजेशन (एन–रियो)का महासचिव विनोद सुवेदी बताउँछन् ।  चुनावको बेला केही पैसा बजारमा आउने र घरजग्गासहित शेयर कारोबार बढ्ने अपेक्षा गरिएकोमा चुनावमा समेत बजारमा पैसा नआएको उनको भनाइ छ ।  नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका ठूला व्यवसायीहरूले आर्जन गरेको नाफा गैरकानूनी बाटोबाट विदेश पलायन भएकाले पनि नेपालमा अहिले पैसाको फ्लो नै कम भएको सुवेदीको दाबी छ ।  विदेशबाट आउने रेमिट्यान्स समेत घरजग्गामा नआउँदा अहिले घरजग्गा कारोबार निकै सुस्ताएको छ । रेमिट्यान्स पठाउने युवाहरूले नै भोलि के होला कसो होला भनेर पठाएको पैसा खर्च नगरी राख्न परिवारलाई निर्देशन दिन थालेका छन् ।  हुन पनि अहिले महँगी र ब्याजदर दुवै बढेको बेला मानिसहरूलाई दैनिकी चलाउनै हम्मेहम्मे परिरहेको छ । पहिला भइरहेको व्यवसाय जोगाउने र दैनिक गुजारा चलाउने कुरामै सबै केन्द्रित भएकाले सस्तोसस्तो जग्गाको समेत किनबेच नभएको अधिकांश व्यवसायीको भनाइ छ ।  पहिले कसरी बढेको थियो कारोबार ? अब कसरी बढाउन सकिन्छ ?  पहिले पहिले घरजग्गाको कारोबार र मूल्य बढ्नुमा नाफा खाने उद्देश्यले जग्गामा लगानी गर्नेहरू आउनु नै प्रमुख कारण थियो । अब पनि घरजग्गाको कारोबार बढ्न नाफा खाने उद्देश्यले लगानी गर्ने लगानीकर्ता नै बजारमा आउनुपर्छ । तर, यस्तो समयमा सबै जना दैनिकी कसरी चलाउने भन्ने कुरामै केन्द्रित छन् ।  नाफा खाएर बेच्ने उद्देश्यले जग्गा किन्नेहरूमा मध्यमदेखि उच्च आय भएका सरकारी कर्मचारी, डाक्टर, वकिलदेखि साना ठूला उद्यमीहरू पर्छन् । अहिले उनीहरू सबैको अर्थव्यवस्था दबाबमा आएको छ । आम्दानीको ठूलो हिस्सा बढेको ब्याजदेखि उपभोग्य वस्तुको मूल्यवृद्धिले खाइदिएको छ ।  मानिसहरूको दैनिकी सहज नभएसम्म घरजग्गाको ठूलो कारोबार हुने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । मानिसहरूको दैनिकी सहज हुन कति समय लाग्छ भन्ने कुरा अहिले नै अनुमान गर्न सकिन्न । विश्वव्यापी मन्दीको समय लम्बियो भने यो अरु ६ महीना वा १ वर्षभन्दा लामो समयसम्म पनि जान सक्छ ।  महँगा घरजग्गा किनबेच हुन अझै समय लाग्ने  सस्तो घरजग्गा किनबेचमा मान्छेले सोधखोज शुरू गरे पनि महँगा घरजग्गा किनबेच हुन भने अझै केही समय लाग्न सक्ने व्यवसायीहरू बताउँछन् ।  मानिसहरूसँग अहिले ५ लाख रुपैयाँ निकाल्ने क्षमता पनि छैन । यस्तोमा ५ करोड रुपैयाँको प्रोपर्र्टी विक्री हुने सम्भावना छैन । तर, शहरोन्मुख क्षेत्रमा कसैले सानो सानो घरजग्गा लिएर काम गर्छ भने उसले पछाडि फर्किनुपर्ने अवस्था नरहेको व्यवसायी चुके बताउँछन् । ठूलो जग्गा राखेर ऋण लिएका व्यवसायीले ऋण तिर्न सकेनन् भने उक्त जग्गा अरू कुनै तरिकाले विक्री हुने अवस्था छैन । त्यस्ता जग्गा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम नै गर्नुपर्ने बाध्यता छ ।

नेप्सेमा १० लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज कम्पनीको १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।कम्पनीले हकप्रदमा बिक्रि नभएको संस्थापक शेयर शेयर लिलाम गरेको थियो । लिलाम मार्फत बिक्रि गरिएको  १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट कारोबार हुने छ । कम्पनीले यस अघि नै बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहने जनाएको थियो।  कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो । अझै पनि कम्पनीको ठूलो मात्राको शेयर बिक्रि भएको छैन।

हेभी इक्विप्मेन्ट बिक्री गर्दै सरकार, न्यूनतम मूल्य १० लाख ?

काठमाडौं । सरकारले हेभी इक्विप्मेन्ट बिक्री गर्ने भएको छ । हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय काठमाडौंले आफूसँग रहेका हेभी इक्विप्मेन्ट बिक्री गर्न लागेको हो ।  डिभिजन कार्यालयका अनुसार ३१ वटा हेभी इक्विप्मेन्ट सरकारले लिलाम गर्न लागेको छ । पुराना स्पेयर पार्ट तथा औजार पनि सरकारले लिलाम गर्दै छ ।    हेभी इक्विप्मेन्टको न्यूनतम मूल्य...