सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुलाई समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन भनिएको