नेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

जनघनत्व धेरै भएका सहरी क्षेत्रमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, नेपालको सन्दर्भमा कोरोना संक्रमणको जोखिम ग्रामीण भेगदेखि सहरी क्षेत्रमा करिब उस्तै रहेको स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले देखाएको छ ।महामारीको प्रभाव गाउँ र सहरमा उस्तै पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन र केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सेरोप्रिभिलेन्स सर्वेक्षणमा गाउँमा ६८.७ प्रतिशत, सहरी क्षेत्रमा ६८.५ प्रतिश