काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब नागरिक मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली नागरिक पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा पर्नुपरेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधि सभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक...