काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन । अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । ...