ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन

ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्शीत बनाउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।...

सम्बन्धित सामग्री

महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिदैन  :  अध्यक्ष  गोल्छा

भदौ २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन् ।            नेपाल महिला उद्यमी महासंघले  गत भदौ १७ गतेदेखि शुरु गरेको ‘पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।            ‘मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु विक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ’, उनले भने ।             अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको संख्या २ लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए।             व्यापार निकासी प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।             महासंघकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।             महासंघकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तरराष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन्। महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासंघले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ ओटा प्रदर्शनी कक्ष राखिएको थियो ।             महासंघकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ ओटा जिल्लामा महिला उद्यमी संघ गठन भए पनि पाँचौं मेलामा भने २४ ओटा जिल्लाका महिला उद्यमी संघको सहभागिता रहेको थियो ।             उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी संघ गोरखा प्रथम, महिला उद्यमी संघ सङ्खुवासभा द्वितीय र महिला उद्यमी संघ बाँके तृतीय भएका छन् । रासस