काठमाडौँ। कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले बाँडफाँड गरेकी छन्। घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यलाई थपिएको हो। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार ऊर्जा‚ जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी कानुन‚ न्याय तथा संसदीय मामिला एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई थपिएको छ। त्यसैगरी […]
काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी इतिहासको एक ऐतिहासिक कोशेढुङ्गाका रूपमा व्याख्या गरेको छ। बिहीबार जारी ‘अन्तरपार्टी निर्देशन-१’ (अपानि) को बुँदा नम्बर १ मा अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनका उपलब्धि, पारित प्रस्ताव र भावी रणनीतिबारे विस्तृत विश्लेषण गरेका छन्। १. महाधिवेशनबाट एकताको सन्देश एमालेले एघारौं महाधिवेशनलाई विचार, संगठन र एकताको […]
काठमाडौँ। बलिउडका सुपरस्टार सञ्जय दत्त नेपाल आइपुगेका छन्। उनी एक क्यासिनो उद्घाटनका लागि बिहीबार साँझ नेपाल आएका हुन्। उनी भोलि (शुक्रबार) नै स्वदेश फर्किनेछन्। उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बलिउडको चार दशकको करियरमा उनले थुप्रै हिट चलचित्रमा अभिनय गरेका छन्। उनका हिट चलचित्रमा खलनायक‚ सडक‚ मुन्नाभाइ एमबीबीएस‚ लगे रहो मुन्नाभाइ‚ अग्निपथलगायत छन्। […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि लामो समयसम्म निगरानी राख्दै तेल आम्दानी नियन्त्रण गर्न सक्ने बताएका छन्। बिहीबार न्युयोर्क टाइम्समा प्रकाशित दुई घण्टा लामो विस्तृत अन्तर्वार्तामा ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्। न्युयोर्क टाइम्सका अनुसार अन्तर्वार्ताका क्रममा ट्रम्पले भेनेजुएलाको छिमेकी देश कोलम्बियाविरुद्ध सैन्य कारबाही गर्ने अघिल्लो धम्की पनि फिर्ता लिएको संकेत गरेका छन्। यसै क्रममा, ट्रम्पले […]