मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

जनकपुरधामः राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्। गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेकी अर्यालले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गरेकी हुन्। अर्यालले ६ हजार १५६ मतभार ल्याइन्। यादवले दुई हजार ७५४  मतभार पाइन्। 

सम्बन्धित सामग्री

रौतहटबाट प्रदेशसभामा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

८ मंसिर, जनकपुर । रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ […]

महिला अध्यक्षमा ४ जना, उपाध्यक्षमा २५१ निर्वाचित

स्थानीय तह निर्वाचन २०७९ को हालसम्मको मत परिणाम अनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् । प्रदेश १ मा दुइ, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा एक जना गरी देशभर ४ जना महिला अध्यक्ष निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।त्यसैगरी, देशभर हालसम्म महिला उपाध्यक्षमा २५१ जना निर्वाचित भएका छन् । प्रदेश १ मा ४१, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ४९, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ३८ र सुदुरपश्चिम प्रदेशमा ४८ जना विजयी भएका छन् ।