राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा देशभरका करिब चार हजार ६ सय प्रतिनिधि सहभागी रहेको राप्रपा महाधिवेशन निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट आगामी दिनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य अनुरुप पार्टीलाई एकताबद्ध गर्नसक्ने नेतृत्व चयन हुनुपर्नेमा राप्रपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।