भक्तपुरका स्थानीय जात्रा नरोकिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका तयारी गरेको बताएका छन् ।भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् । […]