राजदूत पोलिटद्वारा मिथिला चित्रकलाको अवलोकन

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट जनकपुरधाममा छिन् । उनले सोमबार जनकपुरधामस्थित विभिन्न स्थलको अवलोकन तथा निरीक्षण गरेकी छन् ।सो क्रममा उनले जनकपुरधाममा मिथिला चित्रकलाको समेत अवलोकन गरिन् । अवलोकनको क्रममा राजदूत पोलिटले मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामूहिकरुपमा  एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापन प्रति गम्भिर रहेको बताइन् । उनले मिथिला चित्रकलाका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् । &n

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।...

राष्ट्रपतिद्वारा पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई […]

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला […]

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ अमेरिकी राजदूत नेपाल आइपुगे

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही दिनहरू राजदूत […]

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले दुई देशका लागि आवासीय र दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।उनले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोष्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन्।त्यसैगरी राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसिय

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक

नेपालमा कार्यरत अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाकाे राजदूत नियुक्त

काठमाडौं : अमेरिकाले हाल नेपालका लागि अमेरिकी राजदूत रहेका र्‍यान्डी बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको हो। हाल नेपालको नियोग उपप्रमुख रहेका म्यानुअल पी माइकललाई पनि अमेरिकाले ताजिकिस्तानका लागि राजदूत नियुक्त गरेको छ।यो निर्णयसँगै अब नेपालबाट राजदूत बेरी र नियोग उपप्रमुख रहेका माइकल दुवै फिर्ता जाने भएका छन्। अमेरिकाले यसअघि नै नेपालका लागि आगामी राजदूतमा

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्।  संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

रारा तालबाट राजदूत बेरीको डायरी

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदैछन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट मुगुस्थित राता ताल पुगेका छन् । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा गएका हुन् । भने, बेलायती राजदूत निकोला पोलिट भने सोमबार रारा गएकी हुन् ।&