राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईंसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीको काम छिटो गरिदिने भनी घुस लिएको अभियोगमा प्रसाईंसहित हलुका सवारी चालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेविरुद्ध आरोप पत्र दायर गरिएको हो । उक्त मुद्दामा ५२ हजार बिगो कायम गरिएको छ । 'अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धने...