ताप्लेजुङमा पहिराले बगायो आठ घर

काठमाडाैँ- ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ-गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो। गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी-पहिराले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजंघा गाउँपालिका-६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ। ३५ […]

सम्बन्धित सामग्री

बाढीले रामेछापमा पाँच घर बगायो

अविरल वर्षापछि आएको बाढीले रोमछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमासाँझ पाँच वटा घर बगाएको छ ।  बिहीबार दिनभरी पानी परेपछि ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो । एकामफेदी बाहुन...

रामेछापमा पहिरोले पाँच घर बगायो

काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो । पहिरोले घर बगाए पनि मानविय क्षति भने नभएको बताइएको छ । थप विवरण आउन बाँकी file […]

रामेछापमा बाढीले पाँच घर बगायो

अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ। अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईं, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।गएराति  ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्।

मोरङमा जसको घर तीन पटक बाढीले बगायो

विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाए

ताप्लेजुङमा पहिरोले आठ घर बगायो

ताप्लेजुङ :  ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै  गएको पहिराले आठवटा घर बगाएको हो।गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ। ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ।विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा

गएराति मेलम्चीले सात घर बगायो

काठमाडौं।मेलम्चीमा आएको बाढीले सात घर बगाएको छ।गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो।मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए। शनिबारदेखि मेलम्चीमा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाइसकेको छ।हेलम्बुका ५५ र तालामाराङ तथा मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। रासस

बूढीगण्डकीको बाढीले बगायो दुई घर

गोरखा। धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीय राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले बताए। रासस

बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा। चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ। आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ। विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।