नसच्चिए सकिन्छौँ, परिवर्तनका लागि त्याग गर्न तयार रहौंः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताएका छन्। आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले रूपान्तरण नहुने र यथास्थितिमै रुमलिरहे माओवादी पार्टीको औचित्य नरहने बताए। अझै नसच्चिए सकिने भन्दै उनले परिवर्तनका लागि त्याग गर्न तयार रहन पार्टीलाई आग्रह गरे। माओवादी पार्टी अरू बुर्जुवाभन्दा फरक नदेखिएको भन्दै प्रचण्डले सच्चिए अबको चुनावमा पहिलो बन्ने दाबी गरे।

सम्बन्धित सामग्री

देश जोगाउने पार्टी भनेकै माओवादी हो : प्रचण्ड

सुर्खेत – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आज शुक्रवरा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला–बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताउनुभयो ।  उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार...