हिमालय ट्राभल मार्ट जेठमा

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले बताएको छ । सन् २०१७ देखि हरेक वर्ष आयोजना हुँदै आएकोमा कोभिड–१९ महामारीका कारण सन् २०१९ पछि उक्त कार्यक्रम हुन सकेको थिएन । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले ‘हिमालयन ट्राभल मार्ट २०२३’ मा सहभागी हुन राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिए । मार्टमा सहभागी भई महामारीपछि पर्यटन व्यवसायको पुनरुत्थान अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई उनले आह्वान गरे ।

सम्बन्धित सामग्री

हिमालय ट्राभल मार्ट : गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने प्रतिबद्धता

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धन तथा दीगो पर्यटन विकासमा रणनीतिक योजनाका साथ गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने सामूहिक प्रतिबद्धताका साथ हिमालय ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लगायत पर्यटन क्षेत्रका सङ्घ संस्थाहरूको सहयोग तथा समन्वयमा प्यासिफिक एशिया ट्राभल …