कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ