'पिर्के सलामी' विवादमा झाँक्रीको आक्रोश– मान्छे मारेको हो र ? घूस खान्नँ, सलामी लिन्छु

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्ला गुल्मीमा पिर्के सलामी लिएको विषय अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा रहेको इलाका प्रहरी कार्यालयले मन्त्री झाँक्रीलाई सलामी अर्पण गरेको थियो । उक्त तस्वीर सार्वजनिक भएपछि मन्त्री झाँक्री विवादमा परेकी छन् । विगतमा स्थानीय तहका पदाधिकारीले ‘पिर्के सलामी’ लिएको विषयमा चर्को विरोध गर्दै आएकी उनी आफैँले ‘पिर्के सलामी’ लिएपछि उनको चर्को आलोचना भइरहेको हो । पिर्के सलामी लिएको सन्दर्भ र आलोचनाका विषय...