प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तना