निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो। निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन सबै नि