गणतन्त्रमा 'शाही लोकतन्त्र' को निरन्तरता

यही वैशाख २७ गते अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्व र उनको नेतृत्वमा रहेको वर्तमान कम्युनिष्ट सरकारको पर्दा गिरेको छ।वास्तविक नाटकमा यस्तै हुन्छ। एउटा दृश्य समाप्त हुन्छ, पर्दा झर्छ, फेरि उठ्छ र अर्को दृश्यको मञ्‍चन हुन्छ। पात्र, स्थान र विषय तथा घटना सबै नयाँ हुनसक्छन् वा सन्दर्भ अनुसार केही। यसरी अर्को, अर्को दृश्य हुँदै नाटक अघि बढ्छ।सेक्सपियरले जीवनलाई नाटकै भनेका छन्। तर, के जीवनका निमित्त जीवन नै मिलेर जीवनद्वारा नै चल्ने लाखौँ करोडौँ जीवनको जीवन–मरण, उत्था