अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुने भारतीय नागरिक, दुई महिलासहित ६ जना घाइते

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ ।  अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी भारतकै अर्का एकजना मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमे

सम्बन्धित सामग्री

कपिलवस्तुमा भारतीय नागरिक मृत फेला

कपिलवस्तुको मायादेवी गाउँपालिका–५ सिसवास्थित खेतमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेको छन्।...

दुई थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बर्दियामा दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालय अगाडिको खाजा नास्ता पसलबाट दुई वटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड...

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।...

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक बुधबार पक्राउ परेका छन्। राहदानी नम्बर एम ४९५०८९५ का भारतीय नागरिक ४२ वर्षीय यूसुफ हारोनलाई विमानस्थल प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। उनको साथबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन बरामद भएको छ। उनी फ्लाई दुबईको उडानद्वारा […]

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे …

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको हो।...

सर्लाही दुर्घटनाः मृतकमध्ये भारतीय नागरिक पनि

सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा मृतक तथा घाइतेमध्ये केही भारतीय नागरिक भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आइतबार बिहान करिब साढे ११ बजे सर्लाहीको फुलजोरमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका...

फुङ्लिङको एक होटलमा एक भारतीय नागरिक मृत फेला

ताप्लेजुङको फुङलिङस्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा काम गर्न बसेका एक भारतीय नागरिक मृत भेटिएका छन्।...

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका भारतीय नागरिक मोहम्मद जुबेदलाई प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश...