लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको १५ औं वार्षिक साधारणसभाले शर्मालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । यस्तै संघको उपाध्यक्षमा मीनबहादुर बोहरा,  महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशवकुमार पौडेल सर्वसम्मत चयन भएका छन् ।  अन्य सदस्यहरूमा श्रीराम पोखरेल, बिमला योगी, बिनोद आचार्य, बट्टीप्रसाद दुलाल, प्रवीनकुमार लामा र गंगा

सम्बन्धित सामग्री

प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद द...

लघुवित्त बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, प्रकाशराज शर्मा अध्यक्ष

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । संघमा नयाँ नेतृत्व चयनको लागि चुनाव हुने तयारी गरीए पनि अन्तिम समयमा अध्यक्ष सहित सबै पदमा निर्विरोध नयाँ समिति चयन भएको हो । जस अनुसार उपाध्यक्षमा मिन बहादुर बोहरा, महसचिवमा राम बहादुर यादव, कोषाध्यक्षमा प्रेम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल चयन भएका छन् । सदस्यहरुमा बिमला योगी, बिनोद आचार्य, बद्रि प्रसाद दुलाल, प्रविण कुमार लामा र गंगाधर पाण्डे चयन भएका छन् । बसन्त लम्साल नेतृत्वको हालको कार्य समितिको २ वर्षे कार्यकाल सकिएपछि संघको आज सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।