भेट्रान फुटबलमा मन्त्री मनाङेले क्लबको कप्तानी गर्ने

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी पनि गर्ने भएका छन्। उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिनेछ।