यूएईमा मधेसी एकता समाज गठन

यूएई –  यूएईमा कार्यरत मधेसी समुदायका आप्रवासी नेपालीहरूले मधेसी एकता समाज गठन गरेका छन् । मधेसी हक अधिकारका साथै मधेसको कला, साहित्य तथा संस्कृति प्रति समर्पित समुदायले संस्थाको गठन गरेका हुन् । अहिलेलाई यूएई केन्द्रित गरेर संस्था गठन गरेको भए पनि संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा समेत विस्तार गरिने भएको हो । भेलाले यूएईको अलएैनमा कार्यरत वैज्ञानिक मुकेश झाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्व सहमतिबाट चयन गरेको हो । यूएईमा गठन गरिएको संस्थालाई नेपालमा दर्ता गरिने छ ।  ...

सम्बन्धित सामग्री

अवैध हतियारको त्रासमा मधेस

जनकपुरधाम । समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ । अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दैछ । मधेस मुक्तिका लागि भन्दै गठन भएका सशस्त्र समूहले भित्र्याएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाइ खाने भाँडो र रिस साँध्ने […]