हल्याण्डबिनाको सिटी बराबरीमा रोकियो, सेभियाले डर्टमण्डसँग बराबरी खेल्दा सिटी नकआउट चरणमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'जी' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी डेनिस क्लब कोपनहेगनसँग बराबरीमा रोकिएको छ। पार्केन स्टेडियममा सम्पन्न खेलमा सिटी घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। जारी सिजन लयमा रहेर एकपछि अर्को कीर्तिमान बनाइरहेका अर्लिङ हल्याण्ड बेन्चमै रहँदा सिटीले गोल गर्न सकेन। खेलको २५ औं…